बलात्कार – इश्वरा शिवाकोटी

#बलत्कार

हो,
आज तिमिले आफ्नी आमाको ममता माथी बलात्कार गरेका छौ
जस्ले तिमिलाइ आफू मरेर जन्म दिएकी थिइन्।
?
हो,
आज तिमिले आफ्नी बहिनीको स्नेह माथी बलात्कार गरेका छौ…
जस्ले तिमिलाइ यमराजको मुखबाट खोसेर ल्याउन ती कोमल मखमली फूलहरुलाइ ति साना साना बोटबाट खोसेर ल्याउने गर्छिन।

हो,
आज तिमिले आफ्नी श्रीमतीको प्रेममाथी बलात्कार गरेका छौ…
जस्ले तिम्रो लामो आयुको लागि घाँटीको त्यो सानो नलिलाइ एक दिन सम्म पानीले नभिजाइ व्रत बस्ने गर्छिन।

हो,
आज तिमिले आफ्नी छोरीको बालपन माथि बलात्कार गरेका छौ…
जस्ले ती साना पाइला आफ्नो बुबाको ठुलो सपना पूरा गर्न भर्खर चाल्दै थिइन् ।

तर तिमिलाइ यो सबैको केही अर्थ भएन…

तिमीलाई जन्म दिने ती आमाको कोखमा तिमीले छुरा रोप्दा तिम्रो मनमा कहिल्यै माया पलाएन

तिमिलाइ मखमली फूलका माला लगाइदिने ती बहिनिका हात मुसार्न तिम्रा हात कहिल्यै कापेनन

तिमीले अग्नि साची राखेर ल्याएकी तिम्री श्रीमतीलाई उस्कै शरीरमा आगो बल्दा तिमिलाइ कहिल्यै पोलेन

एक पटक छोरीले बुबा भनेको सुन्ने तिम्रा कानले उस्ले पटक पटक भनेको “नाइ” शब्दको पत्तै पाएनन्…

तिमी यति ठुलो आँट कसरी गर्छौ??
पुरुष भएरै हो त?? कि महा पुरुष भयौ तिमी??
तिमी एउटाले एउटि नारीको इज्जतमा आँखा लाउदा ती नारीको आँखा त सधैंको लागि बन्द भएछन्,
तिम्रो आँखामा कुन हतियार बोकेर हिंड्छौ तिमी??,
मलाई पनि सुटुक्क भनन मैले पनि तिमी जस्तै २-४ जना बलत्कारीको आँखा बन्द गराउनु छ।

#इश्वरा_शिवाकोटी✊✊

Loved? Please Share

Comments

comments

You may also like...

Enjoy this blog? Please spread the word :)