निमोठिएकी छोरी – दिपलाइट बास्कोटा

DeepLight Baskota

DeepLight Baskota

म सानो नानी,मेरो कुनै नाम छैन किनभने मैले त्यो सुन्दर धर्तिमा जन्म लिएको छैन।म मेरि आमाको कोख भित्रै छु !!

आज बिहान अचानक मेरो आमालाइ सन्चो भएन, मेरो बाबाले तुरुन्तै वहाँलाई हस्पिटल लिएर जानूभएछ ।एकै छिन पछि एक अपरिचित आवाज आयो “बधाइ छ ,तपाइँहरु आमा बाबा बन्दै हुनुन्छ ” सायद त्यो क्षण मेरो आमा बाबा धेरै खुसी भएको हुनुपर्छ ।त्यसैले त बाबाले पहिलो पल्ट मेरो आमाको पेटमा चुम्बन गर्नु भयो,म यी सबै कुरा मेरि आमाको यहि कोखभित्र बाट  सुन्न र महसुस गर्न सक्ने भएको छु ।

बिस्तरै मेरो स्वरुप बिकसित हुदैछ,मलाइ त्यो सुन्दर सन्सार हेर्न अनि आमाको न्यानो काखमा खेल्न रहर छ,म छिट्टै त्यो बाहिरी दुनिया हेर्न चाहान्छु ।

आज राती मेरो आमाले मलाइ सुम्सुम्याउदै बाबालाइ भन्नू भयो,”हजुरलाई के चाहिन्छ ?? छोरा कि छोरी ” बाबाको जबाफ छोरा ! अनि छोरी भइन भने ? अबर्सन गर्नु पर्छ  यस्तै यस्तै …..आमा मलाइ छाम्दै रातभर  निदाउनु भएन,छट्पटाइ रहनु भयो रुनु पनि भयो,कारण मलाइ थाहा छैन ।भोलि बिहानै डक्टरकोमा जाने कुरा भएको छ, म अबोध !! मलाइ थाहा छैन म छोरा कि छोरी ।

बिहान भयो सायद,बाबा ममि  हस्पिटलमा हुनुन्छ म छोरा कि छोरी पत्ता लगाउन,म छोरी रहेछु भने अबर्सन गर्ने रे सबै कुरा त बुजिन सायद छोरी भए त्यो दुनिया देख्न पाउदिन होला।एकै छिनमा रिपोर्ट आयो,म त छोरी पो रहेछु !! जन्म लिन नपाउदै आज म मर्दैछु,अब म त्यो बाहिरी सन्सार देख्न पाउदिन।मेरो बाबा मलाइ अबर्सन गरेर फाल्न डाक्टरलाई पैसाको बार्गेनिङ गर्दैछन।आमा मलाइ सुम्सुम्याउदै रुदैछिन, म मर्न चाहन्न ,जन्म लिन चाहान्छु …..

एकै छिनमा मेरो छेउमा केही चिज प्रबेस गर्यो,सायद तिनै डाक्टरको हात हुनुपर्छ ।अनि मलाइ बिस्तारै समायो र मलाइ  घाटिमा निमोठ्यो । म निसासिए,बाच्न सकिन  !!

यो कथा हजारौं नेपाली छोरीको हो जो छोरी भएकै कारण आज सम्म धर्तीमा पाहिला टेक्न पाएका छैनन्  !!  गर्भपतन को अन्त्य गरौँ  !!

 -दिपलाइट बास्कोटा

तपाईसंग पनि यस्ता केहि लेखहरु छन् भने हामीलाई पठाउनुहोस् | यहाँ क्लिक गरेर सेन्ड गर्नुहोला | 

 

Loved? Please Share

Comments

comments

You may also like...

Enjoy this blog? Please spread the word :)