नेपालमा साइबर अपराध र कानुन

प्रदिप अधिकारी

निकै नै लोकप्रिय सामाजिक सन्जाल फेसबुकमा २०१७ को तथ्यांक अनुसार २ बिलियन सक्रिय प्रयोगकर्ताहरु छन् । फेसबुक प्रयोगकर्ताहरु मध्ये आधा भन्दा धेरैले दिनहुँ फेसबुक प्रयोग गर्ने गरेको पाइएको छ । इन्टरनेटका प्रयोगकर्ताहरु बढे संगै साइबर अपराधका घटनाहरु पनि बढ्दै छन् ।

    विद्युतीय उपकरणहरु कम्प्युटर, मोबाइल, तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक कार्य साइबर अपराध हो । यो निकै नै फरक र शक्तिशाली मात्र नभएर यसको प्रभाब पनि निकै गहिरो छ । साइबर अपराध अन्तर्गत ह्याकिंग, स्क्याम, साइबर ब्ल्याकमेल, साइबर फ्राउड, सफ्टवेयर, चलचित्र वा कुनै पनि डिजीटल सामग्रीको पाइरेसी आदि पर्दछन । इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इण्टरनेट धोकाधडी, अर्काको पहिचान अनाधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउण्ट आदिको चोरी गरी गरिने बैकिंङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याइउने क्षतिलगायत अवैधानिक कार्यलाई पनि विश्वका अधिकांश मुलुकका कानूनले साइबर अपराध मानेको छ ।

    नेपालको सन्दर्भमा हेर्ने हो भने सामाजिक संजालमा नक्कली आइडी बनाउने, ब्ल्याकमेल गर्ने र ठगि गर्ने जस्ता साइबर अपराधहरु निकै नै तिब्र गतिमा बढिरहेका छन् । इन्टरनेटमा जोडिएका हरेकब्याक्तिहरु दिन प्रतिदिन साइबर क्राइमको सिकार भइरहेको छन । नेपाली साइबर जगतमा सबैभन्दा धेरै हुने साइबर अपराधमा साइबर बुलिंग, साइबर ब्ल्याकमेल र साइबर फ्राउड आदि पर्दछन । जहाँ नक्कली आइडी बनाएर अरुलाई गिज्याउने देखि लिएर चिट्ठा पर्यो भनि लाखौं रुपियाँ ठग्ने सम्मका अपराधहरु भइरहेका छन् । नक्कली आइडी बनाएर अरुलाई दुख दिने र अरुको मर्यादामा आच पुर्याउने कार्यले तिब्र गति लिदै छ ।

    नेपालमा साइवर अपराधको नियमनका लागि विद्युतीय कारोबार ऐन २०६३ को प्रयोग गरिँदै आएको छ । उक्त ऐनको दफा ४७ नेपालमा हुने साइवर अपराध रोक्न सबैभन्दा बढी प्रयोग हुने र सबैभन्दा बढी विवादीत दफा हो । यस दफाले कम्प्यूटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चारमाध्यमहरुमा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था गरेको छ ।  कुनै ब्यक्तिले कुनै कार्यक्रम, सुचना वा तथ्याङकमा पहुँच प्राप्त गर्ने उदेश्यले कम्प्युटर  धनीको अख्तियारी बिना  म्प्युटर प्रयोग गरे वा अख्तियारी लिए पनि दिएको अख्तियारी भन्दा फरक कुनै कार्यक्रम, सुचना वा तथ्याङकमा पहुँच पाउन कुनै कार्य गरेमा, जानी जानी कम्प्युटरमा रहेको कुनै सुचनालाई क्षति पुर्याए, मेटाए, हेरफेर गरे, काम नलाग्ने बनाए वा सुचनाको महत्व ह्रास गरे वा हानीकारक प्रभाव पारे वा कसैलाई गर्न लगाएमा २ लाख सम्म जरिवाना वा तीन बर्ष सम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था गरेको छ।

    कुनै बिधुतीय अभिलेख, किताब, रजिष्टर, पत्र ब्यबहार, सुचना, कागजात वा अन्य सामग्रीहरुमा पहुँच प्राप्त गर्ने ब्यक्तिले कुनै अनाधिकृत ब्यक्तिलाई ती सामग्रीहरुको गोपनीयता भङग गरे वा गर्न लगाएमा एक लाख सम्म जरिवाना वा २ बर्ष सम्म कैद वा दुबै सजाय ह’नेछ । कुनै कसुर गर्न कसैलाई दुरुत्साहन गर्ने वा उधोग गर्ने वा षड्यन्त्रमा सामेल हुने ब्यक्तिलाई ५० हजार सम्म जरिवाना वा ६ महिना सम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था गरेको छ।  बिधुतीय कारोबार ऐन २०६३ अनुसारका नियमहरुको उलंघनका लागि कुनै सजायको ब्यबस्था नगरिएको रहेछ भने पनी त्यस्तो उलंघनको मात्रा हेरी ५० हजार रुपैया“ सम्म जरिवाना वा ६ महिना सम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था गरेको छ । यस्ता कसुर गर्न प्रयोग भएको कम्प्युटर, कम्प्युटर प्रणाली,सि.डि., सफ्ट्वेयर आदि जफत हुने व्यवस्था कानुनमा रहको छ ।

Loved? Please Share

Comments

comments

You may also like...

Enjoy this blog? Please spread the word :)