मेरो लाशको कथा – सन्दिप थपलिया ‘सानु’

Sandeep Sanu

Sandeep Sanu

सानोमा बुबाले पिङ्ग खेलाउदा डराउने म आज एक्लै झुन्डिएको छु लामो डोरिको पासो लाएर । समय सङ्गै म पनि बद्लिएछु । म सङ्ग थुप्रै साथिहरु पनि थिए , उस्का अनगिन्ति यादहरु पनि थिए , खुसी थिए अनि मन भित्र दुखहरु पनि थिए। ति भन्दा धेरै ठुला मेरा भगवान बुबा र अ्म्मी पनि हुनुहुन्थियो । जस्ले मलाई आफु भोकै बसेर मेरो पेट भर्नु हुन्थ्यो । अनि अनेक दु:ख गरेर मेरा सवै रहर पुरा गर्दिनु हुन्थ्यो । म मर्दा त्यस्ता माहान ब्याक्ति हरुलाई रुवाएर मरेको छु यो सहि पक्कै थिएन । जस्ले मलाई ९ महिना आफ्नो कोखमा राखेर जन्म दिनु भयो तिनै आमाको कोख रित्तो पारेर म मरेको छु । थुप्रै कमेन्ट पाउने मेरो तस्बिरहरु आज श्रद्धाञ्जली अर्पणका सब्दहरुले मात्र ओगटेको छ । ति साथि हरु जो सङ्ग म रमाउथे हास्थे , खेल्थे तिनिहरु सबलाई छाडेर मरेको छु । जस्ले miss you भन्ने ठाउ मा rip लेखेर आफ्नो कर्तब्य पुरा गर्दैछन ।

जुन ठाउमा मेरो लाश झुन्डिएको छ त्यहा ओरिपरि बसेका गाउलेहरु मेरै कुरा गर्दौ छन । बाचुन्जेल राम्रो नभन्ने मान्छे हरुले मरेपछी पनि मलाई राम्रो भनेनन । मेरा राम्रा र नराम्रा कुराहरुले बजार पिटेको छ । यता पोस्टमार्टम को लागी मेरो लाश गाडिमा हाल्दै गर्दा ति बुबा र आमा मुर्छित हुनुभयो । नया कपडा (कत्रो) ओडेर चार जाना को काधमा बुइ चडेर जव मेरो लाश घाट पुग्यो कोहि हतारमा दाउरा बोटुल्डै थिए त कोहि चिता बनाउदै थिए । मेरो लाश खोली को छेउ मा राखियो । ओरिपरी आफन्तले घेरेका थिए । (बुबा रुदै हुनुन्थियो आमा मुर्छित नै हुनुन्थियो । ) लाग्थियो मलाई डाराउन सव हातारमा छ्न । कोहि तास खेल्न थाले मेरो लास जलुन्जेल समय काट्न । अव उता मेरो लाश चितामा राखेपछि माट्टितेल खन्याएर जलाउने तयारी हुदै थियो । जव म सानो समश्या थेग्न नसकेर आत्मा हत्या को बाटो रोजेको थिए । मलाई २०औ बर्श सम्म हुर्काएर बढाउने बा- आमा को ख्याल मैले गर्नै पाईन । सोचे मरे पछि मुक्ती पाउछु सव सहि हुन्छ। जव मेरो चिता माथी भएको ससिरमा आगो दन्किन थल्यो मेरो लागी यति सुन्दर सन्सार सकिदै थियो । बर्सौ सङ्गै रहेका साथिहरुले केहि दिनमौ मलाइ बिर्सिए । घरमा म मुस्कुरएको फोटोमा माला लगाएर राखिन्छ ।अनि म मरे पछि ति बा-आमा को कोख रित्तो भयो । मैले के गरे ? उहाहरुको लागी जव म जवान भएर उहाहरुको साहारा बन्न सकिन । मेरो ससिर जलिसक्न लागेको थियो । म धेरै लाई रुवाएर आफु टाढिए । खै के पाए मैले आत्मा हत्या गरेर ? यति सुन्दर सन्सार यसै गुमाए । मेरा आत्माहत्या पछि यसरी नै मेरो दुनिया सकियो । सना कुरा हरु सङ्ग हारेर आत्माहत्या गर्नु उचित थिएन । समधान खोज्न सक्थे मैले त्यो गर्न मेरो सोचाईले भ्याएन । हतार मा निर्णय लिदा ठुलो गल्ती भयो ।

आत्माहत्या समस्याको समधान हैन

-सन्दिप थपलिया ‘सानु’

Loved? Please Share

Comments

comments

You may also like...

Enjoy this blog? Please spread the word :)