जल्छन् ज्युदै छोरी चेली || सन्दिप सानु

Sandeep Sanu

Sandeep Sanu

जव छोरी लाई अन्माउदै थिए । मन मा कुरा खेल्दै थियो आर्का लाई दिन पो यत्रो बनाएछौ है ? भक्कानो छोडेर रुदै थीन छोरी । गहभ आशु पारेर आमा छोरी लाई सम्झाउदै हुनुहुन्थियो छोरी येस्तै हो हाम्रो कर्म नै जन्मघर छडेर पराई घर जानै पर्छ । पन्छे बाजा बजाएर अनि गाउका सवलाई भोज खुवाएर बर्सौ सङ्गै हुर्केकी छोरी पराई लाई कन्यदान गरेर पठाए । केहि दिन मा बुबा ले भन्दै हुनुन्थियो अब छोरि प्रति को कर्म पनि सकियो । गह भरी आशु बनाएर आमाले भन्दै हुनुन्थियो के गर्छे होलि नया ठाउ के गर्दै होलि बिचरी । भाई ले भन्दै थियो आमा आज बजार मा दिदि लाई देखेको थिए आखा मा चोट लागेको थियो लडि अरे ।आमा झन आतिदै फोन लगाउन लाएर बोल्न थाल्नु हुन्छ….. छोरी : आमा ढोग गरे ( स्वोर रुएको जस्तो सुनिन्थियो) आमा : के भयो तलाई छोरी ? छोरि : केहि भाको छैन आमा ..कुरा लुकाउदै रुगा लगेको छ । त्यता को खवर के छ ? छोटो सम्बाद पछि आमा ले नि यता को खबर ठिकै भाको बताउदै फोन राख्नु हुन्छ ।

त्याहा वास्तबिक्ता लुकेको थियो । वास्तबिक्ता यो थियो बिहे पछि छोरी लाई दाईजो नल्याएको कुरा ले दिन रात पिटिन्थियो । तल्ला घर का श्याम लाई ससुरली भट्भटे दिएपछी तेरा बाउले किन दियेनन भनेर कपाल लुसिन्थियो । सब कुरा लुकेको थियो । त्यो दिन सव कुरा खुल्यो अनि बज्रपात पर्यो ति बाबु आमा जुन आमा ले ९ महिना कोख मा बोकेर जन्म दिएकी,अनि बाबु ले बर्सौ दुख गरेर हुर्काएकी छोरी ति पराई लाई सुम्पेका थिए मारे पाप पाले पुन्य भन्दै । त्यहि छोरी ले लुकाएको कुरा यौटा आशु बनेर निस्कियो जव दाईजो नल्याएको निउ मा छोरी लाई ज्युदै जलाईयो । यसरी नै निक्कै छोरी हरु का ज्यान सकिने गर्छ्न जस्ले जिवन भर दुखको सामना गर्न पछि हट्दैनन । नमन गर्छ ति छोरी चेली हरुलाई जो जिवन भरी अरुकै लागी दुख गर्न पनि तयार हुन्छन ।

सन्दिप थपलिया ‘सानु’ 


यो पनि हेर्नुहोस : निमोठिएकी छोरी – दिपलाइट बास्कोटा

तपाईसंग पनि यस्ता केहि लेखहरु छन् भने हामीलाई पठाउनुहोस् | यहाँ क्लिक गरेर सेन्ड गर्नुहोला | 

Loved? Please Share

Comments

comments

You may also like...

Enjoy this blog? Please spread the word :)